PahiloPost

Jul 16, 2018 | ३२ असार २०७५

कीर्तिमानधारीलाई खेलकुद मन्त्रालयको नगदसहित सम्मान


पहिलोपोस्ट /पहिलोपोस्ट

कीर्तिमानधारीलाई खेलकुद मन्त्रालयको नगदसहित सम्मान

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।

सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन्। विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भएका हुन्।

अजितले छात्र १ हजार ५ सय मिट दौड, तिलकले छात्र सटपुट, मञ्जुले छात्रा १ हजार ५ सय मिटर दौड तथा विपनाले छात्रा ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए।

दुई कीर्तिमान बनाएकी विपनाले २ लाख नगद पुरस्कार पाइन्। बाँकी तीन खेलाडीले समान १ लाख नगद पुरस्कार पाए। विशेष कारणवस विपना भने कार्यक्रममा उपस्थित थिइनन्।

सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीलाई नगद बराबरको चेक र सम्मान पत्र प्रदान गरी सम्मान गरे।



कीर्तिमानधारीलाई खेलकुद मन्त्रालयको नगदसहित सम्मान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट