PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

सुरेन्द्र हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुदको सचिवालय गठन


पहिलोपोस्ट /पहिलोपोस्ट

सुरेन्द्र हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुदको सचिवालय गठन

काठमाडौं : मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद–२०७५ सचिवालय गठन गरिएको छ। आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्यहरु गर्न अत्यवाश्यक भएकोले हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो।

सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका सदस्य विनोद मैनाली, राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली रहेका छन्। सचिवालयको सचिवको जिम्मेवारी राखेपका प्रशासकीय अधिकृत ईन्द्रबहादुर कार्कीलाई दिइएको छ।

गत जेठ २० गते बसेको राखेपको १०८औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको थियो। त्यसअघि गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७५ सालमा गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको थियो।

त्यति बेला मन्त्रीस्तरीय निर्णय भएकोमा १०८औं बोर्ड बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको थियो। यदि नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रदेश नं. ५ को बाँके र दाङमा गर्ने निर्णय समेत गरेको थियो।



सुरेन्द्र हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुदको सचिवालय गठन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट