PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

श्री एयरलाइन्सले पायो उडान अनुमति, भोलिदेखि नै व्यवसायिक उडान


श्री एयरलाइन्सले पायो उडान अनुमति, भोलिदेखि नै व्यवसायिक उडान
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडान अनुमति (एओसी) दिएको छ। कम्पनीले जहाज ल्याएको झन्डै महिना पछि उडान अनुमति पाएको हो।
 
कम्पनीले गत शुक्रबार प्रुभिङ फ्लाइट गरेको थियो। शुक्रबारदेखि नै व्यवसायिक उडान सुरु गर्ने कम्पनीको तयारी छ। 'भोलि नेपालगंज र भैरहवा दुईवटा उडान मार्फत् सेवा सुरु गर्नेछौँ, कम्पनीका प्रबन्ध निर्देशक सुधीर मित्तलले भने।

हेलिकोप्टर चलाउँदै आएको श्री एयरलाइन्सले फिक्स विङग (जहाज)को यात्रा सुरु गर्न लागे पछि बिभिन्न कोणबाट अवरोध सुरु भएको थियो। चैत ३० यताका तीन महिनामा कम्पनीले क्यानेडाको बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान भित्र्याएको थियो।
 
प्राधिकरणको अनुमतिमा जहाज नेपाल ल्याए पनि कम्पनीले एओसी पाएको थिएन। यति लामो समय रोक्नुको कारणबारे पनि प्राधिकरणले कम्पनीलाई कुनै ठोस जानकारी दिएन। 
 
उच्च राजनीतिक शक्ति र पैसाको आडमा श्रीलार्इ सेवा संचालन गर्न नदिएको प्राधिकरणकै केही उच्च अधिकारीले बताएका थिए। नेपालमा उच्च राजनीतिक पहुँच र पैसाको आडमा आफु अनुकूल निर्णय गराउन सफल हवाइ माफिया समूह प्रभावी रहँदै आएको ती अधिकारीको भनाइ थियो। त्यही समूहले श्रीको एओसी पछि धकेलेको हो।
 
प्राधिकरणले प्रकृयाका कारण समय लम्बिएको दाबी गर्दै आएको थियो। तर, यस अघि तिब्वत एयरलाइन्सको सेयर भएको हिमालय एयरलाइन्सले अघिल्लो दिन निवेदन दिएर भोलिपल्टै प्राधिकरणबाट एओसी पाएको थियो।
 
तीन महिनासम्म पनि क्यानले कुनै निर्णय नदिएपछि श्रीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उठाएर लगेको थियो। त्यसपछि प्राधिकरणले एओसी प्रकृया सुरु गर्‍यो। 
 
श्री एयरलाइन्सका संचालक सुधीर मित्तल हुन्। उनी विश्व बैंक अन्तगर्तको अन्तर्राष्ट्रिय वित्त निगमका विभिन्न सय देशमा काम गरेर स्वदेशमै व्यापार गर्न फर्किएका हुन्।
 
स्वर्गीय वनवारीलाल मित्तलका छोरा सुधीरले ठूलो लगानी गरेर फिक्स विङग(जहाज)को व्यवसाय सुरु गर्न लागेका हुन्। उनी आउने थाहा पाएपछि हवाई माफियाको चलखेल मार्फत एओसी प्रकृया धकेलिएको थियो।
 
श्री एयरलाइन्सले यसअघि हेलिकप्टर सेवा सञ्चालन गर्दै आएको छ। अहिले यो कम्पनीसँग आठ वटा हेलिकप्टर छन्। संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय संस्थाले कम्पनीको हेलिकप्टर चार्टर गर्ने गरेका थिए। युरोपेली युनियनले नेपालको हवार्इ उड्ययन क्षेत्रलार्इ कालोसूचीमा राखेको कारण पछिल्लो समय कम्पनीले यी उडान गर्न पाएको थिएन। 


श्री एयरलाइन्सले पायो उडान अनुमति, भोलिदेखि नै व्यवसायिक उडान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट