PahiloPost

Oct 22, 2017 | ५ कात्तिक २०७४


​अब यी ६ अपराधमा बस्नुपर्नेछ नमरुञ्जेल जेल


​अब यी ६ अपराधमा बस्नुपर्नेछ नमरुञ्जेल जेल
काठमाडौँ : बेलाबखत कतिपय अपराधमा फाँसीको माग गर्दै राजधानीका सडकमा नाराबाजी हुन्छन्। बलात्कार लगायतका अपराधमा फाँसीको माग गर्दै प्रधानमन्त्रीको निवास घेराउ सम्मका घटना भएका छन्। तर नेपालको संविधानले फाँसीको सजायको कल्पना गरेको छैन।

तर मुलुक ऐनलाई प्रतिस्थापन गर्न बुधबार संसदले सर्वसम्मतिले पारित गरेको मुलुकी अपराध संहिता विधेयक २०७४ मा भने ६ वटा अपराधमा नमरुञ्जेल जेल बस्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

विधेयकमा यस्तो अपराध गरे जीवित रहेसम्म कैद सजायको व्यवस्था गरिएको छ। यो विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेपछि अर्को वर्षको भदौ १ गतेदेखि लागू हुनेछ। 
 
यी हुन् ६ अपराध

विधेयकमा जन्मकैद हुने  प्रस्तावमा भनिएको छ – यस संहितामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नुपर्छ-
  • क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
  • वायुयान अपहरण गरी विष्फोट गरी ज्यान मारेको
  • अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको
  • सार्वजनिक रुपमा उपयोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको
  • कुनै जात,जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनसोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा
  • जवर्जस्ती करणी गरी ज्यान मारेको
 
अहिले मुलुकी ऐनको प्रावधान अनुसार कुनैपनि अपराधमा बढीमा २० बर्षसम्म कैदको मात्र व्यवस्था छ।

विधेयकमा जन्मकैदलाई समेत २० बाट २५ वर्ष बनाइएको छ। अहिलेको नेपालको कानुन प्रावधान अनुसार धेरै कसूर गरेको खण्डमा समेत सबैभन्दा धेरै सजाय भएको कसूर अनुसार जेल सजाय भोग्नुपर्ने प्रावधान छ। 

कस्ता कस्ता सजाय

संहितामा ७ प्रकारको सजायको व्यवस्था प्रस्ताव छ। जन्म कैद, कैद, जरिवाना, कैद र जरिवाना, क्षतिपूर्ति, जरिवाना वा क्षतिपूर्ति नतिरेबापतको कैद, कैदको सट्टा सामुदायिक सेवा। तर संहितामा कुनैपनि कसूरदारलाई कम्तिमा १ रुपैँया जरिवाना र १ दिन भन्दा कम हुने गरी कैद नगर्ने प्रस्ताव गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal