PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

खोकना जात्राको परिवर्तित रुप : यसपालि भयो यस्तो परिवर्तन

खोकना जात्राको परिवर्तित रुप : यसपालि भयो यस्तो परिवर्तन

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मार्ने भन्दै स्वदेशी र विदेशी मिडियामा जात्राको आलोचना भएपछि आज ललितपुरको खोकनामा देवपोखरी जात्रा फरक ढंगले मनाइएको छ।

यसपालि पाठीलाई पहिले जस्तै लुछाचुँडी गरेको देखाइएको थिएन। पाठीलाई पानीभित्र लगिए पनि भित्रभित्रैबाट निकालिएको थियो। 

पहिले भने पानीमा पाठीलाई लछारपछार गरी लुछाचुँडीसमेत गरिन्थ्यो। 

जात्रा पर्व सञ्चालन समितिका अध्यक्ष बेखाराम महर्जनले परापूर्व कालमा पोखरीमा अप्रिय घटना घटेको र त्यस्तो घटना आइन्दा नहोस् भन्न पौडी खेलेर जनचेतना दिने र त्यसो नहोस् भन्न कुमारी पाठी भोग दिने परम्परा बसेको जानकारी दिए। 

पोहोरको जात्राको फोटो हेर्न क्लिक गर्नुस्। 

तल हेर्नुस् यो वर्षको जात्राका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell