PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

औषधिको असरले बालिकाको मृत्युः काठमाडौं मेडिकल कलेजले तिर्‍यो पाँच लाख क्षतिपूर्ति


रासस/पहिलोपोस्ट

औषधिको असरले बालिकाको मृत्युः काठमाडौं मेडिकल कलेजले तिर्‍यो पाँच लाख क्षतिपूर्ति
काठमाडौँ : काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले पाँच लाख क्षतिपूर्ति तिरेको छ। 

नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले अस्पताल पुर्याएका थिए। चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए। 

सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न समस्या देखिएपछि पुनः २३ गते बेलुका ५ बजे अस्पताल पुर्याइएकी बालिकाको साँझ ७ बजेतिर मृत्यु भएको थियो। 

बिरामीको मृत्यु भएपछि परिवारले आज बिहानैबाट अस्पताल बाहिर नाराबाजी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए। बिरामीका ठूलो बुबा रवि बस्नेतले अस्पतालले गलत औषधि दिएकाले मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरे। 

अस्पताल र बिरामीका आफन्तबीच भएको सहमतिअनुसार पाँच लाख क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गर्ने सहमति भएको छ।

अस्पतालका प्रशासन प्रबन्धक डा प्रकाश भट्टराईले औषधिले असर देखाउनासाथ अस्पताल नल्याउँदा बिरामीलाई बचाउन नसकिएको बताए। 

डा भट्टाराईका अनुसार बिरामीले औषधि प्रयोग गर्दा कुनै असर देखिएमा ढिला नगरिकन सो औषधि नखाई तुरुन्त चिकित्सककोमा जानुपर्छ, अन्यथा औषधिको असर बढ्दै जाँदा बिरामीको ज्यानै जान सक्छ, उक्त समयमा चिकित्सकले मात्र केही गर्नसक्ने अवस्था रहन्न। 

सोमबार बिहान झापाबाट उपचारका लागि भर्ना भएका चारवर्षे बालक आरुष सुवेदीलाई म्याद सकिएको औषधि दिएको पाइएपछि औषधि व्यवस्था विभागले उक्त अस्पतालको औषधालय सिलबन्दी गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal