लण्डनस्थित अल्जाइमर एसोसिएसन इन्टरनेसनल कन्फ्रेन्सले प्रस्तुत गरेको नयाँ रिपोर्टमा विश्वका एक तिहाई जति डिमेनसियाका (स्मरण शक्तिमा कमी) मानिसका दैनिकीले सिर्जना गर्ने उल्लेख छ। मानिसले आफ्नो जीवनमा लिएका शिक्षा, उच्च रक्तचाप, आहार, श्रवण शक्तिको कमी र उदासीपनलाई हटाएर समस्या समाधान गर्न सक्ने रिपोर्टले जनाएको छ।
डिमेनसिया निवारणको विवरण व्यवस्था सबैभन्दा पहिले लनसट कमिसनले गरेको थियो। जसमा विश्वभरिका २४ विज्ञहरुले जीवनशैलीको रुपान्तर गर्दा कसरी डिमेनसियाको खतरा कम हुन्छ, अध्ययन र समीक्षा गरेका थिए।
विश्वभर ४७ लाख मानिस डिमेनसियाले ग्रस्त छन्। सन् २०५० मा यसको संख्या तेब्बर हुने अनुमान छ।
यस रिर्पोटले मानिसको नौ जोखिम कारणहरु पहिचान गरेको छ। जसमा १५ वर्ष अघि उमेरको शिक्षा पनि पर्दछ। उच्च रक्तचाप, श्रवण शक्तिको कमी, मोटोपन, धुम्रपान, डिप्रेसन,शारीरिक निष्क्रियता, एक्लोपना र मधुमेह।
लनसट टिमले सबै कारक तत्वहरु एक आपसमा कसरी सम्बन्धित छन भन्ने विषयमा अनुसन्धान गरेको छ।
लोन जो केक भन्छन्, ‘डिमेनसिया परिवर्तन हुँदैन। तर, वातावरणले दिगो परिवर्तन गर्छ।’ उनी स्कूल अफ मेडिसिन अफ साउथन क्यालिर्फोनियाका प्रोफेसर र लनसट रिर्पोटका लेखक हुन्।
उनले सबै ९ कारक व्यावस्थापन गर्दा ३५ प्रतिशत यसको जोखिम कम हुन सक्ने टिप्पणी गरेका छन्। उनको भनाई अनुसार डिमेनसिया त्यो अवस्था होइन, जुन औषधि उपचार गर्दा निको हुन्छ। तर, मानिसको जीवनशैलीमा परिवर्तन ल्याउने हो भने यो रोग छिटो र दिगो रुपमा निको हुन्छ।
गत महिना नेसनल एकेडेमी अफ साइन्सेज अन्तर्गतको इन्जिनियरिङ र मेडिसिन विभागको अध्ययनले जीवन शैलीमा परिवर्तनको प्रभावकारितामा अपेक्षाकृत सीमितता र त्यसमा पर्याप्त कमजोरी रहेको देखाएको छ।
उक्त रिपोर्टले संज्ञानात्मक प्रशिक्षण, रक्तचाप व्यवस्थापन, शारीरिक व्यायाम वृद्धि गरी तीन प्रकारको परिवर्तनलाई ‘उत्साहजनक तर अनिर्णायक’ भन्दै निष्कर्ष दिएको छ।
अल्जाइमर एसोसिएसन इन्टरनेसनलले जीवनशैलीको परिवर्तनबाट संज्ञानात्मक गिरावट रोक्न अध्ययन गर्नका लागि २० मिलियन डलरको दुई वर्षीय क्लिनिकल परीक्षण शुरू गर्ने योजना बनाएको छ। उक्त अध्ययन २०१८ भित्र सम्पन्न हुने बताइएको छ।
२ हजार ५ सय वयस्कहरु माथि उक्त अध्ययन गरिनेछ। यो परीक्षणले दुई वर्षसम्म शारीरिक व्यायाम, पोषण परामर्श, सामाजिक उत्तेजना र आत्म व्यवस्थापन सुधार सहितका परिवर्तनले ६० देखि ७९ वर्षको उमेरका मानिसहरुमा संज्ञानात्मक कार्य गर्नमा मद्दत गर्छ कि गर्दैन अध्ययन गर्नेछ।
सिंगापुर र अस्ट्रेलियामा पनि यस्तै प्रकारको अध्ययन चलिरहेको छ।