PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु 



पहिलोपोस्ट

आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु 

काठमाडौं : दोस्रो संस्करणको आइसिटी अवार्ड-२०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डका लागि शीर्ष ५ को घोषणा भएको छ। ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो।

शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर सोलुसन्स प्रालि रहेका छन्। त्यसैगरी शीर्ष ५ मा पर्ने इन्नोभेटिभ प्रडक्टहरुमा बिग फुट, एभरेष्ट कास्ट, गुनासो, नेपाल भिआर र परी रहेका छन् ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप र प्रडक्टका लागि शुक्रबारदेखि अनलाइन र एसएमएस भोटिङ सुरु भएको छ।

दुवै विधामा भोट गर्नका लागि आइसिटी अवार्डको आधिकारिक वेबसाइट आइसिटीअवार्डनेपाल डट कममा लगइन गरेर आफूलाई मन परेको कम्पनी वा प्रडक्टकालाई अनलाइनबाट भोट गर्न सकिनेछ।

त्यसैगरी एसएमएसबाट पनि आफूलाई मन परेको स्टार्टअप र प्रडक्टलाई भोट दिन सकिन्छ। अनलाइन र एसएमएस भोटिङको समयावधि एक साताका लागि खुला गरिएको छ।

आइसिटेक मिडियाको आयोजनामा हुने सो अवार्ड वितरण समारोहमा दुवै विधाअन्तर्गत शीर्ष ३ मा पर्ने टिम र प्रडक्टलाई आइसिटी अवार्ड प्रदान गरिनेछ। सोही अवसरमा आइसिटी पायोनियर्स अवार्ड र आइसिटी डायस्पोरा अवार्डबाट एक/एक जनालाई सम्मान गरिने आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले जानकारी दिए।

असारको तेस्रो साता खुलाइएको अनलाइन रजिस्ट्रेशनमा ४३ स्टार्टअप कम्पनी र ५२ आइसिटी प्रडक्टले आवेदन दिएका थिए। ‘अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसर’ भन्ने नारासहित आइसिटी उद्योगमा समर्पित यस अवार्ड आगामी भदौ १ मा हुने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell