काठमाडौँ : फोटोसहितको मतदाता नामावलीमा नाम नभएका मतदाताहरुका लागि अहिले देशभर निर्वाचन आयोगले फोटो खिच्ने तथा नामावली संकलनको काम गरिरहेको छ।
काठमाडौँ महानगर क्षेत्रभित्र बसोबास गर्ने ३२ वटै वडाका बासिन्दाका लागि साउन १३ गतेदेखि राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा फोटोसहितको मतदाता परिचय पत्र बनाउने काम भइरहेको छ।
मतदाता परिचयपत्र बनाउन छुटेकाहरुले आफ्नो नागरिकताको प्रमाणपत्र लिई सभागृहमा जानु पर्नेछ। फोटो खिच्ने काम साउन ३२ गतेसम्म हरेक साँझ ६ बजेसम्म हुँदैछ।
समर्थ रञ्जितले शुक्रबार सभागृह परिसरमा खिचेका फोटोहरु