PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रिङरोडमा सडक अनुगमन गरेका यातायात मन्त्री बलायरलाई आठ प्रश्न



रिङरोडमा सडक अनुगमन गरेका यातायात मन्त्री बलायरलाई आठ प्रश्न

काठमाडौँ : यातायात मन्त्री वीरबहादुर बलायर बिहीबार साँझ राजधानीको सडकको अनुगमन गर्न निस्किए। उनीसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल, महानगरका कर्मचारीलगायत सँगै थिए। शपथग्रहणमा समेत सार्वजनिक सवारी चढेर राष्ट्रपति भवन शीतल निवास पुगेका मन्त्री बलायरले राजधानीको सडक र यातायात अवस्था कस्तो देखे? पहिलोपोस्टका संवाददाता सविन ढकालले मन्त्री बलायरसँग गरेको कुराकानी।  

साँझ एकाएक सडकमा निस्कनु भएछ किन होला?
सडकको बारेमा धेरै चर्चा भइरहेको छ। पद बहालीपछि सडक, ट्राफिक व्यवस्थाबारे आफैले  अनुगमन गर्ने सोच बनाएर कसैलाई खबर नै नगरी पिक आवरमा रिङरोडको अनुगमन गरेको हुँ। सडकको गुणस्तर,  ट्राफिकबारे अनुगमन गरेको हुँ।

तपाईँले अनुगमन गर्दा सडकको अवस्था कस्तो पाउनुभयो त?
मैले सडकको अवस्था भयावह अवस्था रहेछ। अहिले तुरुन्तै पिच गरेर पनि लैजान सकिँदैन। सडकका खाल्डाखुल्डीबाट जनजीवनमा जुन असर परेको छ, त्यसबाट दुःख कम झेल्न परोस् भन्ने चाहाना छ।

अनुगमन त गर्नुभयो अब के गर्नुहुन्छ त ?
तुरुन्तै खानेपानी र शहरी विकास र भौतिक मन्त्रालयसँग बैठक बसेर काम गर्न मेरो मन्त्रालयले पहल गर्छ। कसरी सहज बनाउने भन्ने काम हुन्छ।

त्यसो भए तुरुन्तै खाल्डाखुल्डी पुर्नुहुन्छ?
अहिले त सहज गराउनु पर्यो। खाल्डाखुल्डीमा ज्यान  गएको छ। खाल्डाखुल्डीमा मानिस चिप्लिएका छन्। 

सडकको अवस्था यस्तो रहेछ अनि यातायातको अवस्था के पाउनुभयो त?
अप्ठेरो छ। पिक आवरमा सबै कुरा मिलेको छैन। कसरी सहज बनाउने भन्ने विषयमा लागिरहेको छु।

तपाई त शपथमा पनि सार्वजनिक सवारी चढेर जानुभएको, यात्रुको दुःख देख्नुभएको होला ?
शपथ लिन जाँदा म सार्वजनिक सवारी चढेर गएको हुँ। मेरो पहिलो प्राथमिकता आफूले भोगेको कठिनाइ कसरी सहज बनाउने भन्ने नै हुन्छ। छिटो काम गर्छु। म दत्तचित्त भएर लागेको छु।

ट्राफिकमा केही समस्या देख्नुभयो ?
ट्राफिकको पनि धूलो समस्या हो। ऊ पनि मान्छे हो। महाराजगञ्जमा पुग्दा ट्राफिक प्रहरीको जिउमा लागेको धुलो हेर्दा दयनीय लाग्यो। प्रहरीले धेरै अप्ठेरोमा काम गरिरहेको देखिन्छ। प्रहरीको कामलाई प्रोत्साहन गराउन केही पल गर्छु।

अरु के समस्या रहेछ?
मेलम्चीको कुरा छ। पाइप बिछ्याइसकेको छैन। भौतिक मन्त्रालय जतिखेर पनि सडक पिच गर्न तयार छ तर सबै काम नसकी पिच गर्दा राज्यको बजेटको दुरुपयोग हुन्छ। बारबार सडक खन्न र  बनाउन खर्च गर्नुहन्न। जनताले पनि बुझ्नु आवश्यक छ, सरकार दुःख दिने पक्षमा छैन। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell