PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रंगकर्मीको ‘पोएट्री पटरी’



पहिलोपोस्ट

रंगकर्मीको ‘पोएट्री पटरी’

काठमाडौं: रङ्गमञ्च- कला प्रस्तुतीको लागि विशेष मञ्च। रङ्गमञ्चबाट उदाएकाहरु अभिनेता, निर्देशक वा लेखकको रुपमा व्यस्त रहन्छन्। सोमबार भने नाटकबाट पर रहेर रङ्गकर्मीहरु प्रस्तुत भए। उनीहरुले कविता बोकेर मञ्चमा उभिए। र वाचन गरे। थिएटर मलले नाटकघर परिवर्तन गरेपछिको पहिलो कार्यक्रम ‘पोयट्री पटरी'मा नाटकमा सक्रिय कलाकर्मीहरुले कविका रुपमा देखिए।

थिएटर मलको अस्थायी नाटकघर रहेको रातो घरको डबलीमा उनीहरुले कला प्रस्तुतीको फरक माध्यम अपनाए। लक्ष्मी माली, विप्लव प्रतीक र स्नेह सायमीको आतिथ्य बिच ३० रङ्गकर्मीले कविता वाचन गरे। अतिथिको रुपमा रहेका स्थापित कविहरुले रङ्गकर्मीका कवितामा सामाजिक, राजनीतिक चेतनाले भरिएको प्रतिक्रिया दिए।



विव्लव प्रतिकले भने,'शैली र प्रस्तुतिमा पनि कविताकै पूर्ण रङ्ग रहेको पाएँ।' कवि सायमीले ठट्टाको लयमा भने, ‘रङ्गकर्मीहरुको कविता सुनेर अब स्थापित कविहरु चनाखो हुनुपर्छ।’

वाचनका क्रमका सामान्य नियम जानकारी गराई कुनै उद्घोषण विना ‘पोयट्री पटरी’ सुरु भएको थियो। आफ्नो वाचनपछि ‘पटरी’मा रहेको नाम टिप्दै गोलाप्रथाबाट पछिल्लो कविको नाम उद्घोष गरिने नियम आयोजकले राखेको थियो। ‘पोयट्री पटरीस् रङ्गकर्मीका कविता’मा कमलमणी नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, केदार श्रेष्ठ, सोमनाथ खनाल, राम केएसी, पुरु लम्साल, टिकाभक्त जिरेल, आधा सुर, सञ्जिता सञ्जी, चे शंकर, राज शाह, लक्ष्मी वर्देवा, अंकित खड्का, जीवन भट्टराई, प्रकाश दाहाल, शुभम गणेश पौडेल, रामशरण रेग्मी, इगी होपो सुनुवार, प्रकु पाण्डेय, भूमिका चौधरी, प्रतीक दुलाल, राजिन पनेरु, प्रशुन सिन्धुलीय, सन्दीप पौडेल, अनुप न्यौपाने लगायतका रङ्गकर्मीले कविता सुनाएका थिए।



‘पोयट्री पटरी’लाई नियमित रुपमा आयोजा गर्ने थिएटर मलका संयोजक केदार श्रेष्ठले जनाएका छन्। कविता लेख्न सुरु गरेका नयाँ पुस्ताले कविता सुनाउन चाहेकोले आगामी ‘पोयट्री पटरीस् भुँइमान्छेका कविता’ आयोजना हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell