PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल अफगानिस्तानसँग पराजित, विश्वकपमा छनोट हुन असफल



पहिलोपोस्ट

नेपाल अफगानिस्तानसँग पराजित, विश्वकपमा छनोट हुन असफल

काठमाडौं : यू-१९ विश्वकपको एसियन छनोट अन्तर्गत अन्तिम खेलमा अफगानिस्तानसँग पराजित भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भएको छ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा मंगलबार भएको खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित भएपछि नेपाल ओपचारिक रुपमै विश्वकपबाट  खेलबाट बन्चित भएको हो।

१ सय ९६ रनको लक्ष्य पछ्याएको नेपाल ९९ रनमै अलआउट भयो। दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन।

नेपाललाई कम स्कोरमा रोक्न अफगानिस्तानका युसुफ जजाईले ४ तथा मुजिवले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन बनाएको हो।

अफगानिस्तानका लागि इब्राहिमले १ सय १ रन बनाए। यस्तै विकेटकिपर इकरम अली खिनले २४ तथा अर्का ओपनर नाभिद ओवइदले २२ रन जोडे।

बलिङमा नेपालमा शहाब आलमले सर्वाधिक ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। कप्तान सन्दीप लामिछाने र पवन सराफले १/१ विकेट झारे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell