PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जापानद्वारा आत्महत्या दर घटाउने नयाँ कार्ययोजना सार्वजनिक



रासस

जापानद्वारा आत्महत्या दर घटाउने नयाँ कार्ययोजना सार्वजनिक
फोटो श्रोतः thejakartapost.com

टोकियो : जापानले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ। 

जापान सरकारले आगामी दश वर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी सो कार्ययोजना सार्वजनिक गरेको हो। 

जापान विश्वका शक्ति सम्पन्न राष्ट्र जि७ मा सबैभन्दा बढी आत्महत्या दर भएको देश हो। यहाँ हरेक वर्ष कम्तीमा पनि २० हजार जनाले आत्महत्या गर्ने गरेका छन् । 

सन् २०१५ मा गरिएको एक सर्भेक्षणमा जापानका प्रतिएक लाख मानिसमा १८।५ जनाले आत्महत्या गर्ने गरेका छन्। 

सरकारले यो प्रतिशतलाई घटाएर आगामी सन् २०२५ सम्ममा प्रतिएक लाखमा १३ जनामा मात्र सीमित गर्ने कार्यक्रम सन् २०१५ मा नै ल्याएको थियो। 

जापानमा पछिल्ला वर्षहरुमा आत्महत्याको सङ्ख्या विगतका केही वर्षदेखि घट्दै आएको छ। सन् २००३ मा जापानमा ३४ हजार ४२७ जनाले आत्महत्या गरेका थिए। 

यो दरमा कमी आइ गतवर्षमात्र २१ हजार ८९७ जापानी नागरिकले आत्महत्या गरेका थिए। 

मङ्गलबारको मन्त्रिपरिषदको बैठकले जापानमा आत्महत्याको दर घटाउने विषयमा विभिन्न कार्ययोजना पारित गरेको छ। 

यस कार्ययोजनामा नागरिकको यो लतलाई के कसरी कम गर्न सकिन्छ भन्ने विषय समेटिएको मन्त्रिपरिषदका प्रवक्ताले जनाएका छन्। राससरएएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell