PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

माला लिम्बु बिनोद ढकालको 'भ्यालेन्टाइन'



पहिलोपोस्ट

माला लिम्बु बिनोद ढकालको 'भ्यालेन्टाइन'

काठमाडौं: गायक एवं संगितकार बिनोद ढकालको नयाँ गीत सार्वजनिक भएको छ। भिडियो सहितको 'भ्यालेन्टिनो' बोलको गीतमा मोडल माला लिम्बुको फिचरिङ रहेको छ।

गायक बिनोद स्वयमको शब्द, संगीत र स्वरमा रहेको डान्सिङ नम्बर युट्युब मार्फत रिलिज भएको हो। उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु कि क्या हो गाँजा तानी तानी, भ्रुम भ्रुम लगायतका गीत सार्वजनिक गरेका थिए। ढकालले निशाना, मोक्ष, लालटिन, किङ, कुण्ठा लगतायत दर्जन बढी फिल्ममा र्या प, पप लगायतका स्वर र संगीत दिइसकेका छन्।

सार्वजनिक गीतमा उनलाई गायिका मिना सिंहले साथ दिएकी छन्। भिडियोमा भने माला लिम्बु साथै सुनिल श्रेष्ठको अभिनय रहेको छ। म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्। अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell