PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

विदेशमा कविता प्रेम, नवराज पराजुलीको अस्ट्रेलियाको अन्य ४ शहरमा



पहिलोपोस्ट

विदेशमा कविता प्रेम, नवराज पराजुलीको अस्ट्रेलियाको अन्य ४ शहरमा

हेब्बि बर्थ डे, खोया तथा सगरमाथाको गहिराई जस्ता कविताको वाचनले चर्चामा ल्यायो स्लाम पोयट्रीबाट उदाएका कवि नवराज पराजुलीलाई। पछिल्लो समयमा विदेशमा उनको 'कविता कन्सर्ट' आयोजना नियमित बन्दै आएको छ। तीन साता अघि जर्मनीको म्युनिख शहरमा आफ्नो प्रस्तुती दिएर फर्किएका उनी एक साता यता कविता कन्सर्टका लागि अस्ट्रेलिया यात्रामा छन्।



शुक्रबार उनले पर्थमा कविता वाचन गरे। जहाँ उनको वाचनले उपस्थितहरु भावुक भएको खबर नेपाली समाचार पोर्टलहरुमा सार्वजनिक भयो। त्यस्तै उनको दोस्रो कार्यक्रम सिड्नीमा सन्पन्न भएको छ। २०४औँ भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्युले आयोजना गरेको अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७ मा कवि पराजुलीले आइतबार सिड्नीका दर्शकहरुलाई आफ्ना कविता सुनाएका हुन्। सहकर्मी सम्यक महर्जनले उनलाई बाँसुरीमा साथ दिए।

२०७३ सालको मदन पुरस्कार र पद्मश्री पुरस्कारको लागि मनोनित भएको बहुचर्चित कविता कृति 'सगरमाथाको गहिराई' संग्रहको सगरमाथाको गहिराई सहित ६ वटा कविता वाचन गरेका थिए। अष्ट्रेलियाका अन्य शहरहरु क्यान्बेरा, ब्रिस्बेन, एडिलेड र मेल्बर्नमा क्रमैसँग आयोजना हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell