PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यू-१९ विश्वकप छनोट  : इब्राहिमले शतक प्रहार गरेपनि अफगानिस्तान १ सय ९५ रनमा अलआउट



पहिलोपोस्ट

यू-१९ विश्वकप छनोट  : इब्राहिमले शतक प्रहार गरेपनि अफगानिस्तान १ सय ९५ रनमा अलआउट

काठमाडौं : सिंगापुरमा भइरहेको आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा आज अफगानिस्तानसँग खेलिरहेको छ।

टर जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई जितका लागि १ सय ९६ रनको लक्ष्य दिएको छ।

सिंगापुर इन्डियन एसोसिएसन ग्राउण्डमा नेपाली बलरहरुको उत्कृष्ट प्रद्शनका बावजुत ओपनर इब्राहिम जद्रानले शतक बनाएपछि अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमँएर १ सय ९५ रन बनाएको हो।

इब्राहिमले १ सय १ रन बनाए। यस्तै विकेटकिपर इकरम अली खिनले २४ तथा अर्का ओपनर नाभिद ओवइदले २२ रन जोडे।

बलिङमा नेपालमा शहाब आलमले सर्वाधिक ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। कप्तान सन्दीप लामिछाने र पवन सराफले १/१ विकेट झारे।

यसअघिका पाँचै खेल जितेको अफगानिस्तान १० अंकका साथ लिगको शीर्ष स्थानमा छ र लगभग विश्वकपमा पुगिसकेको छ। नेपालले भने अफगानिस्तानसँगको खेल हारको थियो। नेपालको ५ खेलबाट ८ अंङ्क छ। यस खेलमा जित हात पारेपनि नेपालको विश्वकप पुग्ने सम्भावना समाप्त भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell