PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ग्यासले जलेर घाइते सावित्रीलाई पैसा अभावमा अस्पतालले फर्कायो, उपचारमा सहयोग गर्न अपिल



चन्द्रकान्त खनाल

ग्यासले जलेर घाइते सावित्रीलाई पैसा अभावमा अस्पतालले फर्कायो, उपचारमा सहयोग गर्न अपिल

रुपन्देहीः खाना पकाउने ग्यास लिक भई जलेर घाइते भएकी अर्घाखाँची जुरलनेटाकी १६ वर्षीय सावित्री परियार आर्थिक अभावमा उपचारबाट बञ्चित भएकी छन्।

जिल्ला अस्पताल अर्घाखाँचीबाट उपचार सम्भव नभएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पताल र बुटवलमा पनि उपचार सम्भव नभएपछि भैरहवास्थित मेडिकल कलेजमा उपचार गराउन पुर्‍याइएकी सावित्रीलाई पैसा अभावमा अस्पतालले फिर्ता गरेको हो। अस्पतालले फिर्ता गरेपछि उनलाई पुनः जिल्ला अस्पताल अर्घाखाँची पुर्‍याइएको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका २ जुरलनेटाकी परियार ग्यासमा खाना पकाउने क्रममा लिक भई आगलागी हुँदा गम्भीर घाइते भएकी थिइन। बिपन्न परिवारमा जन्मिएकी सावित्रीका बुवा–आमा कपडा सिलाएर जीविका चलाउँदै आएका छन्।

इष्टमित्रसँग सापटी गरेको पैसाले उपचार सम्भव नभएपछि आर्थिक अभावका कारण बीचैमा सावित्रीकी आमाले भैरहवाबाट गम्भीर घाइते परियारलाई अर्घाखाँची फिर्ता लगेकी हुन्।

‘ऋण गरेको ८० हजार रुपैयाँ सकियो। अरु पैसा जम्मा गर्न अब कुनै पनि उपाय छैन। पैसा सकिएपछि के गरुँ? बाध्य भएर छोरी लिएर फर्किए’, सावित्रीकी आमाले भनिन् ‘कोही दयालु मन भएका मान्छे भेटिए उपचार गरेर बचाउने हो नभए त जे जस्तो परे पनि चित्त बुझाउनु नै पर्‍यो। आँसु झार्दै आफ्नो बिलौना पोखिन।’ 

आर्थिक अभावका कारण सावित्री जीवन मरणको दोसाधमा छटपटाइरहेकी छिन।

जिल्ला अस्पताल अर्घाखाँचीका चिकित्सले उनलाई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल लैजान आग्रह गरेका छन्। जिल्ला अस्पतालले सकेसम्मको उपचार गरेको बताएको छ। सावित्री कक्षा ९ मा  अध्ययनरत छिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell