PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पहिरोले भोटेकोशी आंशिक थुनियो, लार्चादेखि दोलालघाटसम्म उच्च सतर्कता अपनाउन आग्रह



पहिरोले भोटेकोशी आंशिक थुनियो, लार्चादेखि दोलालघाटसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेभन्दा करिब २४ किलोमिटर माथि कोदारी राजमार्गको भोटेकोशी माथि रहेको लार्चा पुल आसपासमा पहिरो खसी भोटेकोशी नदी आंशिक रुपमा थुनिएको सूचना प्राप्त भएको बाढी पूर्वानुमान शाखाले जनाएको छ। 

शाखाले बेलुकी ९ : ४० बजे विशेष पूर्व सूचना बुलेटिन निकाल्दै लार्चा पुलदेखि दोलालघाटसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। 

के कत्रो पहिरो खसेको र नदी कति थुनिएको भन्ने यकिन भइनसकेको पनि शाखाले जनाएको छ। आज राति पनि त्यस क्षेत्रमा पानी परिराख्ने देखिएकोले जोखिम बढ्न सक्ने शाखाले जनाएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell