PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

धनगढीमा बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते



रासस

धनगढीमा बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते

धनगढी : कैलालीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

धनगढीबाट फूलबारीतर्फ गइरहेको तीनजना सवार से१प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से१ख ५२८ नं को बस धनगढी उपमहानगरपालिका–१५ कनरीमा आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो।

गौरीगंगा नगरपालिकाका ३० वर्षीय दीपेन्द्र चौधरी र कैलारी गाउँपालिका–८ का २७ वर्षीय वीरबहादुर चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। 

गम्भीर घाइते मोटरसाइकलमा सवार आशिष चौधरीलाई उपचारका लागि भारतको लखनउ लगिएको छ। बस चालक ५० वर्षीय मंगलप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell