PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

क्यामेरा–ट्रयापिङ विधिबाट वन्यजन्तुमाथि परेका असरबारे अध्ययन गरिने



रासस

क्यामेरा–ट्रयापिङ विधिबाट वन्यजन्तुमाथि परेका असरबारे अध्ययन गरिने
फोटो श्रोतः actinginlondon.co.uk

चितवन : चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविक मार्गमा वन्यजन्तुमाथि भएको असरबारे अनुगमन गर्न लागिएको छ। 

क्यामरा ट्रापिङ विधिमार्फत आवजतजावत गर्ने संरक्षित वन्यजन्तुमा परेको असरबारे अध्ययन हुन लागेको हो। 

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अबस्था तथा मानवीय र सवारी चापका कारण तिनीहरुमा परेको प्रभावका बारेमा अध्ययन गर्न लागिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले अनुगमनका लागि जंगल क्षेत्रमा क्यामेरा राख्न अहिले आवश्यक प्राविधिक तथा आन्तरिक तयारीका काम भैरहेको जानकारी दिए। 

साउन महिनाभित्रै क्यामेरा जडान भैसक्ने उनले बताए। सो क्षेत्रमा विभिन्न स्थानमा क्यामेरा राखेर यहाँ वन्यजन्तुको आवागमन र तिनमा परेको असरबारे अध्ययन गरिने जनाइएको छ। 

चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भएपनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्रयापिङबाट अनुगमन नभएको जानकारी दिए। 

चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो। सो क्षेत्रमा ५ देखि १० वटासम्म क्यामेरा राखेर अनुगमन गरिने भएको छ। 

यसअघि चितवन निकुञ्जमा बाघको अध्ययन गरेका कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेका अनुसार लामो समय लगाएर यहाँको अध्ययन हुने जानकारी दिए। सो क्षेत्रको सुरक्षामा चुनौती भएपछि यहाँ अहिले अस्थायी सुरक्षा चौकी स्थापना गरेर गाडी रोक्न बन्द गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell