PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भक्तपुरमा पर्यटक आगमन बढ्यो, पर्यटन सेवा शुल्कबाट १९ करोड ९५ लाख आम्दानी



रासस

भक्तपुरमा पर्यटक आगमन बढ्यो, पर्यटन सेवा शुल्कबाट १९ करोड ९५ लाख आम्दानी

नगरकोट : भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२/७३ भन्दा आर्थिक वर्ष २०७३/७४ मा दोब्बरले वृद्धि भएको छ। 

भक्तपुर नगरपालिकाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नगरपालिकाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ मा भने १० करोड ९२ लाख ७५ हजार रुपैयाँमात्रै आम्दानी भएको थियो । 

भक्तपुर नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ९५ हजार ५६ जना बाह्य पर्यटक भक्तपुर पुगेका थिए। गएको आर्थिक वर्षमा भने एक लाख ८१ हजार तीन सय ५० जना पर्यटक भक्तपुर नगर पुगेका हुन् जुन ९०.७८ प्रतिशतले वृद्धि हो । 

नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुसँग करिब १४ वटा नाकाबाट शुल्क उठाउँदै आएको छ। नगरपालिकाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकहरुसँग प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिँदै आएको छ। 

भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ। यो वर्ष ९०.७८ प्रतिशतले जिल्लाको भ्रमण गरेका छन्। विसं २०७२ वैशाख १२ र त्यसपछिका परकम्पले ठप्प हुन पुगेको भक्तपुरको पर्यटन पछिल्लो समय आशा लाग्दो भएको हो। 

पर्यटन सेवा शुल्क भक्तपुर नपाको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो। पर्यटन सेवा शुल्कबापत उठेको रकमबाट नै ६ वटा कलेजको सञ्चालनसँगै सम्पदा संरक्षण गर्दै आएको नपाले दावी गर्दैआएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell