PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यी हुन् वेडिङ फोटो अवार्ड जित्ने फोटोहरु

यी हुन् वेडिङ फोटो अवार्ड जित्ने फोटोहरु


काठमाडौं : क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधि चितवनका सुमन सापकोटाले हात पारेका छन्। उनले क्यानन ६ डि क्यामेरा पुरस्कार पाए।

काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले पाए। उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाएका थिए।

यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले खिचेको फोटोले पायो। उनले क्याननकै ७५० डि क्यामेरा पाए।

उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका थिए। यसैगरी उत्कृष्ट २० मा पर्न सफल फोटोग्राफरहरुले डेलको ल्पापटप ब्याग, फोटोपेपर र प्रमाणपत्र पाएका थिए।
 
पुरस्कृत भएका फोटोहरुसँगै उत्कृष्ट १०० तस्बिरहरु बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने जानकारी दिदै संघका अध्यक्ष भवदेव थापाले साउन ९ देखि ११ गतेसम्म बबरमहलमा हुने फोटो प्रदर्शनीको अवलोकनका लागि आउन सर्वसाधारणलाई आग्रह गरे। 
 
पहिलो भएको फोटो
दोस्रो भएको फोटो
तेस्रो भएको फोटो


ट्रेन्डिङ पोस्ट

Ncell