PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

 १८ वर्षपछि पक्राउ परे हत्यारा 



रासस

 १८ वर्षपछि पक्राउ परे हत्यारा 

उदयपुर : आफूलाई अपराधबाट लुकाउन लामो समयसम्म फरार भई कहिले अन्यत्र र कहिले गाउँतिर नै लुकी बसेका निरबहादुर मगर १८ वर्षपछि प्रहरीको फन्दामा परेका छन्। 

उदयपुरको रौतामाई गाउँपालिका–७ स्थायी घरभएर ज्यान मार्ने उद्योगमा फरार रहँदै आएका ५७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार पक्राउ गरेको हो। 

प्रहरीका अनुसार १८ वर्ष अघि रौता मुर्कुची बजारमा व्यापार गर्दै आएका श्रीप्रसाद राईलाई निरबहादुरलगायतको समूहले खुकुरी तथा छुरी प्रहार गरेर सख्त घाइते बनाएपछि उनी फरार रहँदै आएका थिए। 

घाइते राईको तत्कालै मृत्यु भएपछि निरबहादुरलगायतलाई जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा छ वर्ष कैद सजायको फैसला गरेको थियो।

प्रहरीका अनुसार घटनामा संलग्नहरु अदालतको फैसलाअनुसार पक्राउ परी जेलभुक्तान समेत भइसकेको भएता पनि फरार निरबहादुर भने पक्राउ पर्न सकेका थिएनन्। तर शुक्रबार अन्यत्रबाट लुकेर घरमा आइबसेका निरबहादुरलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । 

पक्राउ परेका निरबहादुरलाई अदालतको फैसला अनुसार जेल पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक देवीप्रसाद फागु (लिम्बू) ले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell