PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमाले अध्यक्ष ओली तिब्बत प्रस्थान, चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता हुने



रासस

एमाले अध्यक्ष ओली तिब्बत प्रस्थान, चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता हुने

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बत प्रस्थान गरेका छन्। 

अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ गएका हुन्।

ओलीले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्नुहुने केन्द्रीय सदस्य हिक्मत कार्कीले जानकारी दिए। 

यसैबीच, अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell