PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

को हुन् दीपाश्री निरौलाको नन्दको दाजु, बहिनीको भिनाजु?



पहिलोपोस्ट

को हुन् दीपाश्री निरौलाको नन्दको दाजु, बहिनीको भिनाजु?

काठमाडौं: गायिका शोभा थापाको नयाँ गीत सार्वजनिक भएको छ। ‘नन्दको दाजु बहिनीको भिनाजु’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। भिडियोमा निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाको मुख्य फिचरिङ रहेको छ।

साथै अन्य कलाकार संजोग कोइराला, दीपाश्रीकी बहिनी रनु निरौला र सुन्दराको अभिनय रहेको छ। जहाँ दीपाकी नन्दको दाजु बहिनीको भिनाजु बनेका छन् नायक संजोग कोईराला।

प्रशान्त पौडेकको लय, संगीत तथा शब्द रहेको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छुन्। भिडियोको लागि छायाँकार बासु बराल हुन् भने सम्पादक मिलन बिक हुन्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell