PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कसरी भए फरार अदालतबाट सजाय सुनाइएका नुवाकोटका एक हजार कैदी ?



रासस

कसरी भए फरार  अदालतबाट सजाय सुनाइएका नुवाकोटका एक हजार कैदी ?
फोटो श्रोतः news18.com

नुवाकोट : अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार छन्। 

विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायसहित एक करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ। 

फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवाना लागेका वा सरकारी बिगो बुझाउन बाँकी व्यक्ति पक्राउ गरी असुलउपर गर्ने अभियान जारी रहे पनि यहाँका एक हजार कैदी अझै फरार रहेका छन्।

फरार रहेका कैदीमा मानव बेचबिखन, ज्यान मुद्दा, ज्यान मार्ने उद्योग, करणी तथा  करणी उद्योगलगायतका मुद्दामा दोषी ठहरिएका रहेका छन्। 

आर्थिक वर्ष २०७३/७४ मा ४७५ जना दोषी ठहर भएका कैदी पक्राउ गरी उनीहरुबाट ३६५ वर्ष एक महिना सात दिनको कैद भुक्तानी गरिएको स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए। 

पक्राउ परेका कैदीबाट जरिवाना असुलतर्फ २९ लाख २९ हजार लगत कट्टा गरिएको छ। न्यायालयबाट दोषी ठहर भएर फरार रहेकाबाट कैद र जरिवाना भराउन नुवाकोट जिल्ला अदालतले लक्ष्य पूरा गर्दैै आएकाले दोषीलाई कानुनी दायरामा ल्याउन प्रयास भइरहेको स्रेस्तेदार विष्टले बताए। 

अदालतको फैसला कार्यान्वयनमा मुख्य भूमिका निर्वाह गर्दै आएको जिल्ला प्रहरी कार्यालय, नुवाकोट गतवर्ष उत्कृष्ट हुँदै सम्मानितसमेत भएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell