PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

 फोटोमा हेर्नुस् १० बजे राति प्रधानमन्त्री कार्यालयबाट भएको सडक निर्माणको छड्के अनुगमन

फोटोमा हेर्नुस् १० बजे राति प्रधानमन्त्री कार्यालयबाट भएको सडक निर्माणको छड्के अनुगमन

रासस/पहिलोपोस्ट



काठमाडौँ  : सरकारले काठमाडौँ उपत्यकाको सडक निर्माण कार्यको अनुगमनलाई तीव्रता दिएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि सो अनुरुप काम भए नभएको भनी अनुगमन तीव्र पारिएको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव चन्द्र घिमिरे, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायलगायतको सरकारी टोलीले शुक्रबार राति १० बजे चाबहिल बौद्ध सडकखण्ड निर्माणको अनुगमन गरेको छ। 

प्रधानमन्त्री कार्यालयका सचिव घिमिरेले भने, ‘सडक निर्माणका क्रममा सर्वसाधारणलाई असुविधा भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएलगत्तै हामीले दैनिकरुपमा रिपोर्टहरु लिइरहेका छौँ ।’

हामी मध्यरातसम्म उपत्यकाका ठाउँठाउँमा गएर अवलोकन गरिरहेका छौँ। समयमै काम हुन्छ भन्ने हामीलाई विश्वास छ। 

चाबहिल बौद्ध सडक निर्माणको जिम्मा भारतीय कम्पनी जेआइडिएसले पाएको छ । विगत एक वर्षदेखि सो सडकखण्ड अस्तव्यस्त हुँदा धेरै नै असुविधा भएको स्थानीय सरोज श्रेष्ठले बताए। रासस
 


ट्रेन्डिङ पोस्ट

Ncell