PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

युवतीलाई कुटपिट गर्नेविरुद्ध रुपन्देही प्रहरीद्वारा मुद्दा दायर, प्रहरी निरीक्षक पनि तानिए



रासस

युवतीलाई कुटपिट गर्नेविरुद्ध रुपन्देही प्रहरीद्वारा मुद्दा दायर, प्रहरी निरीक्षक पनि तानिए

बुटवल : रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ। 

त्यसैगरी, इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी प्रमुख प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही थालिएको छ। 

तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेको भिडियो र प्रेम गर्ने (पीडित) युवकसँग उल्टै एक लाख रुपैयाँ जरिवाना लिएको खबर बाहिरिएपछि रुपन्देही प्रहरीले घटनाको छानविन गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो। 

युवतीका बाबु इन्नर यादवसहित पाँच जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए। 

सम्मरीमाई गाउँपालिका–६ का ४६ वर्षीय युवतीका बाबु इन्नर यादव, १८ वर्षीय युवतीका दाजु दिनेश यादव, युवतीका माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र २५ वर्षीय पशुपति कोइरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ। 

प्रमुख धानुकाका अनुसार युवतीका बाबु यादवलाई प्रहरीले पक्राउ गरिसकेको र कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ। उनले घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संग्लन अन्य व्यक्तिहरुको खोजी भइरहेको र दोषीलाई कारबाही हुने बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell