PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अस्पतालबाट डिस्चार्ज भएका पूर्वराजा ज्ञानेन्द्रलाई लिन पुगे पूर्व युवराज पारस

अस्पतालबाट डिस्चार्ज भएका पूर्वराजा ज्ञानेन्द्रलाई लिन पुगे पूर्व युवराज पारस

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : मुटुको समस्याका कारण थापाथलीको नर्भिक अस्पतालमा बुधबार भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्‍न डिस्चार्ज भएका छन्। 

उनलाई लिन पूर्व रानी कोमल र पूर्व युवराज पारस शाह पनि पुगेका थिए। बाबु र छोराबीचको सम्बन्ध राम्रो नभएको हल्ला चलिरहेका बेला गगल्स लगाएका पारस उनलाई लिन अस्पताल परिसर पुगेका थिए। 

पूर्व राजा अस्पतालबाट बाहिर निस्कने बित्तिकै पुष्पगुच्छासहित अस्पतालका कर्मचारीले विदाइ गरेका थिए। उनलाई स्वागत गर्न अस्पताल परिसरमा ठूलै घुँइचो लागेको थियो। 

पूर्वराजा समर्थकहरुले राजतन्त्रबारे नारा पनि लगाएका थिए। 

यसैबीच पूर्वराजाका सहयोगी फणिराज पाठकले आज विज्ञप्ति जारी गर्दै अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजङ्ग राणाको सल्लाहअनुसार मौसूफको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको हुँदा आज डिस्चार्ज गरिएको बताएका छन्। 

उनको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नसामा अवरुद्ध देखिएको हुँदा सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको र उपचारको क्रममा संलग्न नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवाला सबैप्रति आभार व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

 


ट्रेन्डिङ पोस्ट

Ncell