PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भद्रपुर विमानस्थलमा एक्स–रेबाट चेकजाँच हुने



रासस

भद्रपुर विमानस्थलमा एक्स–रेबाट चेकजाँच हुने
फोटो श्रोतः jjscan.com

झापा : भद्रपुर विमानस्थलमा अब एक्स–रे मेसिनबाट चेकजाँच हुने भएको छ। 

सरकारले मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्स–रे मेसिनबाट सामानको चेकजाँच हुने नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिए। 

मेसिन सञ्चालनमा आएपछि प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न सहज हुने छ । मेसिन नहुँदा चेकजाँच निकै झन्झटिलो हुने गरेको चूडालको भनाइ छ। 

भद्रपुर विमानस्थललाई सुरक्षित एवम् व्यवस्थित पार्ने काम भइरहेको छ। भौतिक संरचना व्यवस्थित गर्ने काम अघि बढाइएको छ। विमानस्थलमा शौचालयको व्यवस्थापन, रङरोगन, टायल लगाउन थालिएको छ। 

विमानस्थलको सुरक्षाका लागि ६ वटा सिसी क्यामेरा जडान गरिएको छ। जापानी संस्था जाइकासँग स्तरोन्नति गर्न सम्झौता भइसकेको चुडालले बताए।

भद्रपुरबाट दैनिक बुद्ध एयरलाइन्सले तीन, यतिले दुई, सौर्य र नेपाल एयरलाइन्सले एक÷एक हवाई उडान भर्दै आएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell