PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक युवराज घिमिरेको राजीनामा



पहिलोपोस्ट

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक युवराज घिमिरेको राजीनामा

काठमाडौं : अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक बरिष्ठ पत्रकार युवराज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन्। घिमिरेले आजैबाट लागू हुने गरी राजीनामा दिएका हुन्।

'तीन वर्ष लगातार काम गरेँ। अब नयाँलाई ठाउँ दिनका लागि मैले छाडेको हुँ,' घिमिरेले पहिलोपोस्टसँग भने। अप्रत्यासित रुपमा राजीनामा दिएका घिमिरेले त्यसको कुनै कारण भने खुलाएनन्। 'कुनै त्यस्तो कारण छैन, सामान्य हिसाबले छाडेकोमात्र हुँ,' घिमिरेले भने।

तत्काल कतै जाने तयारीका साथ राजीनामा नदिएको जानकारी उनले दिए। घिमिरे कान्तिपुर दैनिक र काठमाण्डू पोस्टका पनि सम्पादक रहिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell