PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आईओएफटीसीको १२औँ संस्करण २०१८ को जनवरी १ र २ मा



पहिलोपोस्ट

आईओएफटीसीको १२औँ संस्करण २०१८ को जनवरी १ र २ मा

काठमाडौं : इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटीसी) को १२औँ संस्करण सन् २०१८ को जनवरी १ र २ तारिखसम्म हुने भएको छ।

आयोजक आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता पूर्वाञ्चलको सुनसरीस्थित इटहरीमा हुने जानकारी दिएका हुन्।

फ्रेन्डसीप तेक्वान्दो हालसम्म अमेरिकामा पाँच पटक, बेलायत र हङकङमा एक/एक तथा नेपालमा तीन पटक भइसकेको छ। पछिल्लो संस्करण अमेरिकाको पोर्टल्यान्डमा भएको थियो ।

प्रत्येक दुई वर्षको फरकमा हुने च्याम्पियनसीपको १२औँ संस्करणमा नेपाललगायत अमेरिकाका क्यानाडा, इंगल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, दक्षिण कोरिया, ग्वाटेमाला, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका देशबाट पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा स्पाइरिङ र पुम्सेमा प्रतिस्पर्धा गराइनेछ। महिला र पुरुषको आधिकारिक ८-८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जुनियर खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जुनियर विधा पनि प्रतिस्पर्धा गराउने सोचमा रहेको निरदेशन महर्जनले जानकारी दिए।

यसपटक प्रतियोगितामा खुल्ला सहभागिता हुने महर्जनले बताए। उनले यो प्रतियोगितामा धेरै देशको सहभागिता रहने हुनाले खेलाडीहरुले एकअर्का देशको संस्कृतीबारे पनि ज्ञान प्राप्त गर्ने बताए।

एक करोड सात लाख रुपैयाँ बजेट रहेको प्रतियोगितालाई नेपाल सरकारले ३० लाख रुपियाँ सहयोग गर्ने युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव अणप्रसाद न्यौपानेले जानकारी गराए।

प्रतियोगिताका पुरुष-महिला खेलाडीलाई जनही ५० हजार तथा उत्कृष्ट पुरुष-महिला प्रक्षिकलाई पनि जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell