PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जुनियर ब्याडमिन्टन टोली इन्डोनेसिया प्रस्थान



जुनियर ब्याडमिन्टन टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं : एसियाली जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसिया प्रस्थान गरेको छ।

जुलाई २२ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष/महिला खेलाडीले सिंगल्स, डबल्स, मिक्स डबल्स र मिक्स टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

पुरुषमा प्रफुल महर्जन, रविन लिङथेन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सुनैना मुखियाँले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै नेपाली टिम प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा उदयकुमार श्रेष्ठ छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले बिहिबारै सातदोबाटोमा बिदाइ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell