PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोनकाकाफ गोल्डकप : सेमिफाइनल समिकरण पूरा



पहिलोपोस्ट

कोनकाकाफ गोल्डकप : सेमिफाइनल समिकरण पूरा

अमेरिकामा भइरहेको कोनकाकाफ गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ। गएराती भएको खेलमा जमैका र मेक्सिकोले विजयी हुँदै सेमिफाइनलमा स्थान बनाएपछि अन्तिम चारको समिकरण पूरा भएको हो।

अब पहिलो सेमिफाइनलमा आयोजक अमेरिकाले कोस्टारिकासँग खेल्नेछ भने मेक्सिको र जमैकाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। मेक्सिको प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन समेत हो।

युनिभर्सिटी अफ फोनिक्स स्टेडियममा भएको खेलमा जमैकाले क्यानडालाई २-१ ले हराउँदै सेमिफाइलमा स्थान बनाउँदा मेक्सिकोले होण्डुरोसलाई १-० ले हरायो।

जमैकाका लागि शन फ्रान्सिस र रोमारियव विलियम्सले गो गरे। क्यानडाका लागि जुनियर होएलेटले गोल पर्काएपनि जितका लगि पर्याप्त भएन।

यस्तै मेक्सिकोलाई जित दिलाउन रोडोल्पो पिजारोले खेलको चौथो मिनेटमै गरेको गोल निर्णायक बन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell