PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हात्तीको आक्रमणबाट सुनसरीमा एकजनाको मृत्यु



रासस

हात्तीको आक्रमणबाट सुनसरीमा एकजनाको मृत्यु

इनरुवा : सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार विहान एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट रामबहादुर मगरको मृत्यु भएको हो।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उनको  मृत्यु भएको हो। शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell