PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फेसबुकबाटै ६० लाख चैट



सविन ढकाल

फेसबुकबाटै ६० लाख चैट

काठमाडौं : ३५ वर्षीया रमिता शाह (नाम परिवर्तन)। पेशाले व्यावसायी। उनी प्राय काममा नै व्यस्त हुन्छिन्। दुई महिना अगाडि उनको फेसबुकको फ्रेन्ड रिक्वेस्टमा रातो बत्ती बल्छ। अपरिचित विदेशी पुरुष। केही दिन वस्ता गरिनन्। तर, उनको मनले फेन्ड रिक्वेस्ट एसेप्ट नगरिरहन सकेन।

'हेलो म माइकल युरोपियन मुलुकबाट।' 

त्यही नयाँ बनेको साथीको म्यासेज थियो। ती व्यक्ति नेपाली र अंग्रेजी दुवैमा कुरा गर्न पोख्त। 

'म व्यावसायी हुँ,' ती पुरुषले भने। 

रमिता आफू पनि व्यावसायी भएकाले मख्ख परिन्। युरोपमा व्यापारिक नाता जोडिने सम्भावनाका कारण। करिब दुई महिनासम्म उनीहरु सम्पर्कमा रहिरहे। 

एक दिन एकाएक माइकलले संयुक्त रुपमा मनी ट्रान्सफर कम्पनी खोल्ने प्रस्ताव अघि सारे। व्यावसायमा भिजेकी रमितालाई प्रस्ताव मन पर्‍यो। दुवै कम्पनी खोल्न सहमत भए। विदेशमा कम्पनी दर्ता गर्ने दुवै तयार रहे। 

२० करोड पुँजी भएको कम्पनी खोल्ने योजना बन्यो। रमिताका पति पनि व्यवसायी नै हुन्। उनले यो योजना भने पतिलाई थाहै नदिइ अगाडि बढाइन्। कम्पनी खोल्न माइकलको खातामा पटक पटक गरेर ६० लाख रुपैयाँ पठाइन्। 

रमितालाई थप रकम जम्मा गर्न कठिन हुन थाल्यो। उनले आफन्त, साथीभाइसँग पैसाको जोरजाम गर्न थालिन्। अन्तत: यो खबर एक कान दुई कान मैदान हुँदै उनका पतिको कानमा पुग्यो। 

माइकल उनीसँग कुरा गर्न छाडेको पनि धेरै भइसकेको थियो। रमिताका पति उनीसँग झोक्किए। अन्तत: यो केस महानगरीय अपराध अनुसन्धान महाशाखामा पुग्यो। प्रहरीले फेसबुक र माइकलका बारे खोज्दा नक्कली अकाउन्ट रहेको पहिचान गर्‍यो। महाशाखाका एसपी श्याम ज्ञवालीले नक्कली फेसबुक आइडी बनाएर ठगी गर्दा नेपालीहरु नराम्ररी फस्न थालेको बताए।

उनले भने, 'मानिसको साइकोलोजी बुझेर उनीहरुले ठगी गर्ने गर्छन्।' ज्ञवालीले अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालबाट लेनदेन नगर्न सुझाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell