PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोरङको लेटाङमा चट्याङ लागेर आमाछोरीको मृत्यु



रासस

मोरङको लेटाङमा चट्याङ लागेर आमाछोरीको मृत्यु

उर्लाबारी : मोरङको लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । 

घर नजिकै खेतमा काम गरिरहेका बेला विहान साढे आठ बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो। 

चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell