PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उज्वेकिस्तानसँग हारेपछि राजुकाजीले भने : विपक्षी खेलाडी अग्ला भएर गाह्रो



पहिलोपोस्ट

उज्वेकिस्तानसँग हारेपछि राजुकाजीले भने : विपक्षी खेलाडी अग्ला भएर गाह्रो

काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा लगातार दुई खेल हारेपछि नेपालको अन्तिम चरण खेल्ने सम्भावना समाप्त भएको छ।

पहिलो खेलमा युएईसँग ५-० ले हारेको नेपाल दोस्रो खेलमा सोमबार उज्वेकिस्तानसँग २-० ले पराजित भयो। अघिल्लो खेलको तुलनामा दोस्रो खेलमा गोल अन्तर कम भएपनि नेपालको पुरानै समस्या दोहोरिँदा गोल बेहोर्‍यो। यस्तै नेपालले गोलको खाता अझै खोल्न सकेको छैन।

दोस्रो खेलमा २ गोल मात्र बेहोरेपछि नेपालका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भने उज्वेकिस्तान विरुद्धको खेलमा सुधार भएको प्रतिक्रिया दिए।

'पहिलो खेल युएईसँग ५-० ले हारेको थियौँ तर आजको खेलमा केही सुधार भएको छ। उज्वेकिस्तानका खेलाडीहरु शारिरिक रुपमा अग्ला र फिट पनि थिए। हाम्रो खेलाडी अली होचो थियो जसले हामीलाई बेफाइदा भयो।'

'पानी परेपनि तापक्रममा कुनै फरक थिएन। गर्मी उतिनै थियो। केटाहरुले राम्रो प्रदर्शन गरे। मुख्य कुरा उज्वेक खेलाडीहरु अग्ला र फिजिकल्ली फिट थिए।'

'आशा छ अर्को खेलमा हामी राम्रो गर्नेछौँ। ओभरल हेर्दा युएई भन्दा आजको खेलमा सुधार भएको छ म खुशी छु।'

छनोटअन्तर्गत समूह डी मा नेपालले बुधबार लेवनानसँग अन्तिम खेल खेल्नेछ। दुवै खेल हारिसकेको नेपाल र लेवनानको लागि भोलीको खेल प्रतिष्ठाको लागि हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell