PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१४ फोटोमा हेर्नुस् राजधानीको अस्तव्यस्त सडक

१४ फोटोमा हेर्नुस् राजधानीको अस्तव्यस्त सडक


काठमाडौँ : गत शुक्रवार वर्षातको भेलले बगाएर नेपालटारकी १० वर्षे विनिता फुँयालको मृत्यु भयो।  पसलबाट घर फर्कने क्रममा नालीमा चिप्लेर लडेकी उनलाई भेलले बगाएको थियो।

सेरामी खोला, विष्णुमति हुँदै विनिता चौमती खोला पुगिसकेकी थिइन्। बगाएको १ घण्टापछि प्रहरीले करिब साढे तीन किलोमिटर तल पुगेपछि उनलाई जीवितै उद्धार गर्‍यो। उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएकी उनलाई अस्पतालले मृत घोषणा गर्‍यो।

सोही दिन रानीबारीकी सत्या सापकोटा पनि स्कुलबाट फर्कने क्रममा नालीमा डुबिन्। नालीले बगाएर ३ सय मिटर तल पुर्‍याएपछि उनलाई नालीबाट निकालियो। संयोगले उनी बाच्न सफल भइन्। ठूलो चोटपटक केही लागेन।

त्यस्तै गत शनिबार चावहिल सडक खण्डमा खनेको खाल्डोमा परेर राँगो मर्‍यो। उक्त राँगो निकाल्नलाई एक्जाभेटरको सहायता लिनुपर्‍यो।
यी त केही दिनअघि घटेका प्रतिनिधि घटना मात्र हुन्। यस्ता घटना काठमाडौँका सडकमा दिनहुँजसो हुन्छ। सडकमा चिप्लिएर हात खुट्टा भाँचिएको, सडकको हिलोले हिँड्न नसक्ने भएको समाचार दिनहुँजसो सुनिन्छ।
 
देशको राजधानी काठमाडौँको अस्तव्यस्तता पुरानो रोगहो । ट्राफिक जाम, धुलो आतंक, सवारी साधनमा सास्ती, पानीको हाहाकार र सडकको खाल्डाखुल्डीले काठमाडौँबासीलाई सधै समस्यामा पार्ने गरेको छ। 

अहिले वर्षातको समयमा काठमाडौँका सडकहरु खनिएका छन्। खाल्डोमा पानी जमेको छ। पानी परेपछि सडक हिँड्न नसकिने भएको छ।

यस्तो छ अस्तव्यस्त सडकको फोटोहरु


 


ट्रेन्डिङ पोस्ट

Ncell