PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्ट्रिट चाइल्ड वर्ल्ड कपमा नेपालको सहभागिता हुने, राष्ट्रिय लिगबाट खेलाडी छनोट गरिने



पहिलोपोस्ट

स्ट्रिट चाइल्ड वर्ल्ड कपमा नेपालको सहभागिता हुने, राष्ट्रिय लिगबाट खेलाडी छनोट गरिने

काठमाडौं : आगामी वर्ष रुसमा हुने स्ट्रिट चाइल्ड वर्ल्डमा नेपालले पनि सहभागिता जनाउँदैछ। २०१८ मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा हुने सडक तथा असहाय बालबालिकाको लागि हुन लागेको 'स्ट्रिट चाइल्ड वर्ल्ड कप : फ्युचर डिपेन्ड्स यु' मा सेल्टर आश्रय नेपालले नेपालको सहभागिता निश्चित गरेको हो।

उक्त वर्ल्ड कपमा सहभागि जनाउने नेपालको टिम निर्माणका लागि राष्ट्रिय लिग गराउने आयोजक संसथाकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिइन्। अहिले सेल्टरमा १२ जनाले रहेको र राष्ट्रिय लिगबाट कूल २२ जना छनोट गरी अन्तिम टिम तयारी पारिने उनले बताइन्।

उनका अनुसार अहिले ३ सय स्ट्रिट चिल्ड्रेन संस्थाको कनेक्सनमा रहेको र विभिन्न संस्थाहरुलाई सहभागि गराएर लिग गराइनेछ।

'अहिलेसम्म ६ टिमको नाम फाइनल भइसकेको छ। हामीले विभिन्न संस्थालाई इनभाइट गरेका छौँ, कती टिम आउछन् त्यसैबाट कती टिमको लिग गर्ने टुङ्गो लाग्छ।' रामकोटमा रहेको सेल्टर संस्थाका बालबालिकालाई एएफसी बी लाइन्स कोचिङ सर्टिफाइड कोच राजन लामिछानेले प्रशिक्षण दिइरहेको ओलीले बताइन्।

सन् २०१४ मा स्थापना भएको संस्थाले २०१४ मा ब्रजिलमा भएको स्ट्रिट वर्ल्डकपमा सहभागिताको लागि प्रयास गरेपनि सफल भएको थिएन।

 

के हो स्ट्रिट चाइल्ड वर्ल्ड कप?

रुसमा हुन लागेको प्रतियोगिता स्ट्रिट वर्ल्ड कपको तेस्रो संस्करण हो। यसअघि सन् २०१० र २०१४ मा स्ट्रिट चाइल्ड वर्ल्ड कप भइसकेको छ। तेस्रो संस्करण रुसको मस्कोमा फिफा विश्वकप सुरु हुनु एक महिना अघि हुन्छ।

स्ट्रिट वर्ल्ड कप सेभेन ए साइड फुटबल हो। यो फुटबल जस्तो ठूलो ग्राउण्डमा नभएर सानो मानमा खेलिन्छ। एक टिममा कूल ९ खेलाडी हुन्छ भने ७ जनाले मात्र खेल्छन्।

रुसमा हुने प्रतियोगितामा २२ देशका २४ टिमले प्रतिस्पर्धा गर्नेछन्। जहाँ पुरुषको १२ र महिलाको १२ टिम सहभागि हुन्छन्। नेपालबाट भने पुरुष टिमले मात्र प्रतिस्पर्धा गर्नेछ्न्। यस्तै सहभागी खेलाडीहरुको उमेर १४ देखि साढे १६ वर्षको बीचको हुनुपर्छ।

 

फनरुट्सको सहयोग

स्ट्रिट चाइल्ड वर्ल्डकपमा सहभागि जनाउने नेपाली बालबालिकाको लागि फनरुट्स जापानले शेल्टरलाई स्फोर्ट्स किट्स प्रदान गरेको छ। सोमबार आयोजित कार्यक्रममा फनरुट्स फुटबल एकेडेमीका प्रमुख जुन हिरानो र नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले प्लेइङ बुट र बल दिने बताएका हुन्।

३० थान बुट र १० थान बल रामकोटमै गएर हस्तानतरण गरिने आयोजकले जनाएको छ।

गत वर्षपनि पनरुट्सले पोखरामा एक सय ३० थान प्लेइङ बुट र ३० थान बल सहयोग गरेको थियो। 'एक वर्षपछि जाँदा पनि त्यहाँका बालबालिकाले त्यही बुट लगाएर त्यही बल हानिरहेको थिए र भन्दै थिए तपाईले ल्याइदिनु भएको बुट बलियो रहेछ अझै एक वर्ष टिक्ला'। गौचनले उत्साहित हुँदै भने। 'त्यसैले पनि हामीले स्ट्रिट चाइल्ड वर्ल्ड कपका लागि पनि केही कन्ट्रिबुट गर्न लागेका हौँ।'

५ वर्षदेखि जापानमा फुटबल बारे पढ्ने र प्रशिक्षण गरानउने कायम संलग्न रहेकव गौचनले नेपालमा एउटा फुटबल एकेडेमी खोल्ने सपना रहेको पनि बताए। उनले नेपाली खेलाडीहरुलाई कसरी जापान तिर लान सकिन्छ, त्यहाँको जे लिग हरुमा खेलाउन सकिन्छ भनेर आफूले जोड गरिरहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell