PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

क्यानन ६ डी मार्क टुको भारतमा बिक्री सुरु, बडीको मात्रै २ लाख १२ हजार



क्यानन ६ डी मार्क टुको भारतमा बिक्री सुरु, बडीको मात्रै २ लाख १२ हजार

अमेरिकामा गएको महिनामा नै बिक्री सुरु गरिएको क्याननको ६ डी मार्क टु क्यामेरा सोमबार भारतीय बजारमा लञ्च गरिएको छ। यसको बिक्री यही महिना सुरु हुने क्याननले जनाएको छ। 

यो क्यामेराको बडीमात्रको मूल्य २ लाख १२ हजारभन्दा बढी (भारु १ लाख ३२ हजार ९९५) पर्छ। 

६ डी मार्क टु २६.३ मेगापिक्सेल सिमोस सेन्सरको फूल फ्रेम क्यामेरा हो। तीन इञ्चको टचस्क्रिन प्यानल रहेको यो क्यामेरामा आइएसओ १०० देखि ४० हजारसम्म छान्न सकिन्छ। 

वाटर रेजिस्टेन्ट र डस्ट रेजिस्टेन्ट यो क्यामेरामा भिडियो रेकर्डिङ भने फोर केको सुविधा छैन। यसले बढीमा ६० एफपिएसको १०८० पिक्सेलको भिडियो खिच्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell