PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चितवनमा एकै दिन एक सय ८३ मतदाताले नाम लेखाए



रासस

चितवनमा एकै दिन एक सय ८३ मतदाताले नाम लेखाए

चितवन : निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले नाम लेखाएका छन्। 

जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाहरुले फोटो खिचाउने अवसर पाएका हुन् । 

साउन १ गतेबाट १५ गतेसम्म मात्रै जिल्ला निर्वाचन कार्यालयमा छुटेका र उमेर पुगेकालाई यो अवसर दिइएको हो।

कार्यालयमा फोटो खिचाउन आएका ५८ वर्षीय मैतबहादुर कामीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम नहुँदा यसअघि निर्वाचनमा मतदान गर्न नपाई फर्किनु परेको गुनासो गरे। 

विगतका तीनवटा निर्वाचनमा मतदानबाट वञ्चित हुनुपरेको बताउँदै उनले नाम लेखाउन पाउने भएपछि भरतपुर महानगरपालिका–१६ मङ्गलपुरबाट फोटो खिचाउन आएको बताए।

पहिले नाम मात्रै भए पनि मतदान गर्न पाउने व्यवस्था थियो । संविधानसभाको पहिलो निर्वाचनयता फोटो अनिवार्य गरिएको छ। 

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताए।

तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ। जिल्लामा हालसम्म तीन लाख १३ हजार तीन जना मतदाता रहेका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell