PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रोजर फेडेररको रेकर्ड : आठौँ पटक विम्बल्डन च्याम्पियन, जान्नुस् उनका नौ रोचक तथ्य



रोजर फेडेररको रेकर्ड : आठौँ पटक विम्बल्डन च्याम्पियन, जान्नुस् उनका नौ रोचक तथ्य

एक घण्टा ४१ मिनेटको खेल उनको एस प्रहारसँगै टुङ्गियो। खेल जितेको थाहा पाउने बित्तिकै उनले दुवै हात टाउकोमाथि उठाए। एक मिनेट जति पछि उनी साइडलाइनमा दुवै आँखाबाट आँसु पुछ्दै गरेका देखिए। किनभने उनले एउटा इतिहास बनाएका थिए। 

रोजर फेडेरेरले आठौँ पटक विम्बल्डन टेनिस च्याम्पियन जिती नयाँ रेकर्ड कायम गरेका छन्। आइतबार फाइलनमा मेरिन सिलिकलाई ६-३, ६-१ र ६-४ को सोझो सेटमा पराजित गरेका हुन्। 

उनको यो जितले पिट साम्प्रास र विलियम रेनसले ग्रास कोर्ट मेजरमा सात वटा उपाधि जितेको रेकर्ड तोडेको छ। सन् १८७७ देखि कायम रहेको पुरुष एकलतर्फ सबैभन्दा बढी उपाधि जित्ने रेकर्ड पनि उनले राखेका छन्।

 

उनका केही रोचक तथ्य


१) फ्रान्स र जर्मनीको सीमामा हुर्केका थिए
रोजर फेडेरेरको जन्म सन् १९८१ को ८ अगस्तमा स्विटजरल्यान्डको बासेलमा भएको थियो। उनका पिता रोबर्ट फेडेरर स्विस हुन् भने आमा लिनेट फेडेरर दक्षिण अफ्रिकी हुन्। उनकी एक दिदी डायना छिन्। उनले बाल्यकाल फ्रान्स र जर्मन सीमामा बिताएका थिए। 

२) १६ वर्षमै टेनिसमात्र
टेनिसमा आफ्नो करिअर बनाउनका लागि उनले १६ वर्षको उमेरमै आफ्नो औपचारिक अध्ययनलाई कम ध्यान दिनुपर्ने अवस्था आएको थियो। 

३) जुनियर च्याम्पियन
उनले सन् १९९८ मा जुनियर विम्बल्डन जितेका थिए- एकल र डबल्स पनि। उनले आफ्नो करिअरमा चार वटा आइटिएफ जुनियर सिङ्गल्स जितेका थिए। 

४) पहिलो फाइनल हारेका थिए
सन् १९९९ मा उनी टप १०० र्‍याङ्किङमा परेका थिए। पहिलो फाइनल उनले सन् २००० मा मार्सेइली ओपन खेलेका थिए तर पराजित भएका थिए। उनको पहिलो टाइटल सन् १९९९ मा च्यालेन्ज टुर थियो। 

५) सनसनी मच्चाएको क्षण
सन् २००१ को विम्बल्डनमा चौथो राउन्डमा टेनिसका महान खेलाडी पिट साम्प्रासलाई हराएर उनले सनसनी मच्चाएका थिए। 

६) पहिलो ग्रान्ड स्लाम
त्यसको दुई वर्षपछि विम्बल्डनमा फेडेरेर ग्रान्ड स्लाम जित्ने पहिलो स्विस नागरिक बने।
 
७) सन् २००६ को सनसनी
सन् २००६ मा उनले १२ वटा सिङ्गल्स उपाधि जिते। यो सिजनमा उनी १७ वटा मध्ये १६ वटामा फाइनलमा पुगे। ९२ खेल जिते भने ५ वटा मात्र गुमाए। 

८) शाकाहारी थिए पहिला
उनी पहिला शाकाहारी थिए। १४ वर्षपछि भने उनले मासु पनि खान थाले। 

९) र यो पनि
रोजर फेडेररले खेलेका अहिलेसम्मका कुनै पनि म्याचमा उनी चोट वा  अन्य कारणले रिटायर्ड भएका छैनन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell