PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विद्युत् आयोजनाको पाइप फुट्दा चार घरमा क्षति



रासस

चौतारा : सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर चार घरमा क्षति पुगेको छ।
लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६।५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति पुग्नाका साथै २९ खसी–बाख्रा र १३० वटा कुखुरा बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जानकारी दिएको छ। 

बाढीले चिनी तामाङको घर क्षतिग्रस्त भई २५ खसी बाख्रा र १०० वटा कुखुरा बगाएको छ भने पासाङ नुर्वु शेर्पा, नुर्बु तामाङ र मनिषा तामाङको घरमा पानी पसेकाले उनीहरु अन्यत्र सुरक्षित ठाउँमा बसेको प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए। बाढीले पासाङको पाँच कुखुरा र मनिषाको चार बाख्रा तथा २५ वटा कुखुरासमेत बगाएको छ। 

शनिबार राति परेको अविरल वर्षाले स्थानीय छ्यादी खोलामा आएको बाढीले आयोजनाको डेढ मिटर गोलाइको ७० मिटर पाइप बगाएकाले विद्युत् उत्पादनसमेत बन्द भएको छ। 

अरनिको राजमार्गको १०० किलोमटिरमा पर्ने चाकु बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पूरै अवरुद्ध भएकाले हिउँद नलागी पुनर्निर्माण हुन नसक्ने आयोजनाका प्रबन्ध निर्देशक समन मानन्धरले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell