PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कविता: किसान



पहिलोपोस्ट

कविता: किसान

  • रामहरि तिम्सिना
ढुङ्गा र माटोसँग लडिबुडि खेल्दै
उकाली ओरालीसँग संघर्ष गर्दै बिचरा
किसानहरु आफ्नो श्रम गरिरहेका हुन्छन्

घाम र पानीको प्रबाह नगरी अनि
हावाहुरीबाट बिचलित नभई बिचरा किसानहरु
आफ्नो नित्यकर्म गरिरहेका हुन्छन् 
के दु:ख के सुख केहि मतलब नगरी
जीवनसँग संघर्ष गरिरहेका हुन्छन्
 
बिचरा किसानहरू त केबल श्रम नै गरिरहेका हुन्छन्
हलो र जुवा काधमा हाल्दै हल गोरु अघिपछि लगाउदै
के जाडो के गर्मी केही वास्ता नगरी
त केबल श्रम गरिरहेका हुन्छन् 

गोरुहरुको अघिपछि हिंड्दै
उनीहरुलाई नै माया प्रेम गर्दै
दुःख र सुख उनीहरुसँगै साटदै
अनि आफ्नो कथाव्याथा उनीहरुसँगै पोख्दै
बिचरा किसानहरू त केबल श्रम नै गरिरहेका हुन्छन् 

खेतबारीमा आफ्नो जीवन समर्पण गर्दै
अनि गाउँबेंसी मेलापात गर्दै
चौतारिको छाहारीमा थकाइ मेटाउदै
बिचरा किसानहरू त केबल श्रम गरिरहेका हुन्छन् 

आलिमा टुसुक्क बसि लामो सास फेर्दै
चिसो स्वच्छ सफा पानी घटघटि पिउछन
गह्रो कान्लासँग जीवन संघर्ष गर्दै
चाडपर्व हासो रोदन केही प्रबाह नगरी
आफ्नो श्रमको फलले भकारी भर्दै
बिचरा किसानहरू रमाइरहेका हुन्छन् 

जब आकाश गडगडाएर पानी वर्षन्छ
तब किसानहरू खुसी हुन थाल्छन्
अनि आफ्नो बालीनाली सप्रने आशा गर्दै
सन्चो बिसन्चो केही प्रबाह नगरी
बिचरा किसानहरू श्रम गरिरहेका हुन्छन् 

वर्षायाम सँगै असार लाग्छ
अनि किसानहरू आ-आफ्नो खेतबारीमा पुग्छन्
हातमा हलो कोदाली समाउदै
अनि रोपारिहरु असारे भाकासँगै बीउ रोपिरहेका हुन्छन् 

बिचरा किसानहरू त केबल हिलो माटो पानीसँग रमाइरहेका हुन्छन्
श्रममा नै आफ्नो जीवन व्यातित गर्दै
ढुंगा माटो, गाउँवेंसीसँग संघर्ष गर्दै
बिचरा किसानहरू त केबल आफ्नो जीवन जिरहेका हुन्छन्
केबल श्रम गरिरहेका हुन्छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell