PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अष्ट्रेलियाका ५ शहरमा नवराज पराजुलीको कविता कन्सर्ट



पहिलोपोस्ट

अष्ट्रेलियाका ५ शहरमा नवराज पराजुलीको कविता कन्सर्ट

काठमाडौं: अष्ट्रेलियाको ५ शहरहरुमा कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ। नेपाली एसोसिएसन अफ भिक्टोरियाले कविता कन्सर्ट आयोजना र सोलाङ्चरको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा कवि पराजुलीले आफ्नो काव्य यात्रा, समकालिन नेपाली कविताको ढाँचा साथै आफ्ना हिट कविताहरु प्रत्यक्ष सुनाउने बताइएको छ। उनले प्रकाशन नभएका साथै उनको कविता संग्रह ‘सगरमाथाको गहिराई’बाट कविताहरु प्रस्तुत गर्नेछन्। पार्श्व संगीत सहितको कार्यक्रममा कवि पराजुलीलाई वाद्यमा सम्यक महर्जनले साथ दिनेछन्। मेलवर्नमा कवि पराजुली र महर्जनलाई गिटारमा चेत पुनले साथ दिनेछन् भने सहजकर्ताको भूमिकामा शुभेक्षा प्रधान प्रस्तुत हुनेछिन्।

कवि पराजुलीको कविता कन्सर्ट २२ जुलाईमा पर्थ (रिभरडेल कम्युनिटी हल), २३ जुलाईमा सिड्नी (पोलिस क्ल्ब एसफिल्ड), २८ जुलाईमा ब्रिस्बेन (मिचेल्टन सिनियर सिटिजन्स सेन्टर), ३१ जुलाईमा एडिलेड (नोर्थ एडिलेड कम्युनिटी सेन्टर) र ५ अगष्टमा मेलबर्न (थोन्ब्री थिएटर) मा हुने आयोजकले जानकारी दिएका छन्।

साहित्यिक कार्यक्रम व्यावसायिक बनाउने उद्देश्यले सबै शहरहरुमा प्रवेश शुल्क तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell