PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यस्तो छ सभामुखले खिचेको फोटो, फोटो खिचेर प्रदर्शनीको उद्घाटन

यस्तो छ सभामुखले खिचेको फोटो, फोटो खिचेर प्रदर्शनीको उद्घाटन


काठमाडौं : फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा पत्रकार र सुरक्षा विषयमा फोटो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ।

बबरमहलस्थित आर्ट काउन्सिलमा जारी फोटो प्रदर्शनीको समुद्घाटन सभामुख ओनसरी घर्तीले फोटोपत्रकारहरुको फोटो खिचेर गरेकी हुन्।

अहिलेसम्म मारिएका र कुटाइ खाएको पत्रकारहरुमाथि न्याय नभएको बताउँदै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले भूकम्पका बेला फ्रन्टमा पुगेर फोटो खिच्ने फोटोपत्रकारको प्रशंशा गरे।

आइएमइ ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सबै फोटोपत्रकारले रोजगारी पाउन ५ लाख भन्दा धेरै खर्च गरेर आफै क्यामेरा किन्नु पर्ने र मिडिया संचालकले क्यामेरा नकिन्ने सुन्दा अचम्म लागेको बताउँदै फोटोपत्रकारहरुलाई क्यामेरा किन्न ग्लोबल आइएमइ बैंककले लोनको ब्यबस्था मिलाउने बताए।

नेपालका पहिलो फोटोपत्रकार गोपाल चित्रकारले सूचना विभाग लगायतका सरकारी संस्थाहरुले पत्रकारलाई पुरस्कार र अवार्ड वितरण गरे पनि अहिलेसम्म एकजना फोटोपत्रकारलाई सम्मान र पुरस्कार नदिएको बताए। पत्रकार भन्दा फोटोपत्रकारलाई बढी सुरक्षा चुनौती हुने बताउँदै चित्रकारले फोटोपत्रकारहरुलाई सुरक्षा सम्बन्धी तालिम अनिवार्य गर्नुपर्ने बताए।
 
फोटोपत्रकार क्लबका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले सबै मिडिया हाउसमा फोटोपत्रकारलाई दोस्रो दर्जाको पत्रकारको रुपमा हेरिने बताए।

यसैगरी फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले संसदमै फोटो पत्रकारलाई फोटो खिच्ने ठाउँ राम्रो नभएको बताउँदै अब बन्ने नयाँ भवनमा भने यसका लागि पहिले नै विचार पुर्‍याउन सभामुखसँग आग्रह गरे।
 
 


ट्रेन्डिङ पोस्ट

Ncell