PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड



पहिलोपोस्ट

पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड

  • नरहरि पौड्याल
पोखराः पोखरा लेखनाथ महानगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि ४ अर्ब ३ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। 

पहिलो चरणमा सम्पन्न स्थानीय निर्वाचनमा पोखरालाई स्मार्टसीटी र छिमेकी नगरपालिका तथा गाउँपालिकालाई स्याटलाईट सीटीकारुपमा विकास गर्ने भनी गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने गरी बजेट बिनियोजन गरिएको हो।

आगामी वर्षका लागि पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, सामाजिक विकास, आर्थिक विकास, वित्तिय व्यवस्थापन तथा सेवा प्रवाह, सशर्त अनुदान, सामाजिक सुरक्षा भत्ता, फोहोरमैला व्यवस्थापन, प्रशासनिक खर्च र वडागत रुपमा बजेट विनियोजन गरिएको छ। 

बजेटमा सवैभन्दा बढी पूर्वाधारमा १ अर्ब ३६ करोड ५३ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ।

महानगरपालिकाका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रममार्फत सरकारी अनुदान २ अर्व ३१ करोड ९२ लाख र सशर्त अनुदान २५ करोड ५० लाख गरी कुल २ अर्व ५७ करोडसहित ४ अर्व ३ करोडको बजेट प्रस्तुत गरेका हुन्।

त्यसैगरी, कर तथा राजश्वबाट १ अर्व ३८ करोड, राजश्व बाटफाँडबाट ३ करोड, अन्य आयबाट ५ करोड गरी १ अर्व ४६ करोड ४० लाख आन्तरिक स्रोतबाट उठाउने लक्ष्य रहेको छ। जुन कुल बजेटको ४०.७१ प्रतिशत हुन आउँछ।

मेयर जिसीले सबैभन्दा  बढी रकम सामाजिक सुरक्षा भत्ता ४७ करोड ५ लाख विनियोजन गरेका छन्। कोष व्यबस्थापनतर्फ १५ करोड ५० लाख, पूर्वाधार विकासतर्फ १ अर्ब ३६ करोड ५३ लाख, वातावरण तथा विपद् व्यबस्थापनतर्फ १३ करोड ६५ लाख, सामाजिक विकासतर्फ १५ करोड १० लाख, आर्थिक विकासतर्फ २ करोड ३० लाख, वित्तिय व्यबस्थापन तथा सुशासन क्षेत्रतर्फ एक करोड १० लाख रहेको छ।

सस्थागत विकास तथा सेवा प्रबाह क्षेत्रतर्फ १ करोड २५ लाख, सशर्त अनुदान ७८ करोड ३९ लाख, लागत सहभागिता १५ करोड, फोहोर मैला व्यवस्थापन ९ करोड, प्रसासनिक खर्च ३० करोड ८४ लाख, वडागत बजेट विनियोजन ३५ करोड १० लाख रुपैयाँ रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell