PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झापाका एक हजार १७८ उम्मेदवारको जमानत जफत



रासस

झापाका एक हजार १७८ उम्मेदवारको जमानत जफत

भद्रपुर : सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो। 

जमानत जफत हुनेमा मेचीनगर नगरपालिकामा १५४, अजुर्नधारा नगरपालिकामा १३६, शिवसत्ताक्षी नगरपालिकामा १२८, भद्रपुर नगरपालिकामा १०४, कन्काई नगरपालिकामा ८४, दमक नगरपालिकामा ८०, गौरादह नगरपालिकामा ७३, बिर्तमोड नगरपालिकामा ७८, कचनकवल गाउँपालिकामा ५७, गौरिगञ्ज गाउँपालिकामा ४६, झापा गाउँपालिकामा ३७, बाह्रदशी गाउँपालिकामा ६१, कमल गाउँपालिकामा ७१, वुद्धशान्ति गाउँपालिकामा ५४ र हल्दिवारी गाउँपालिकामा २३ जना उम्मेदवार छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell