PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धरान उपमहानगरको मेयरमा एमालेका तारा सुब्बा



पहिलोपोस्ट

धरान उपमहानगरको मेयरमा एमालेका तारा सुब्बा

इनरुवा: स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको हो। यससँगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ। एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएकी छन्।

प्रमुखमा निर्वाचित राईले २० हजार ९७५ मत पाउनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तिलक राई १६ हजार २०२ र नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम मेघाले ११ हजार १८० मत पाएका छन्।

त्यसैगरी, उपप्रमुखमा एमालेकी मन्जु भण्डारी सुवेदी २१ हजार २५६ मतसहित विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्दी काँग्रेसकी श्यामा रेग्मीले १४ हजार एकसय ९७ मत पाइन्।

धरान उपमहानगरका २० वटा वडामध्ये एमालेले १४ वटा वडा जितको छ भने पाँचवटा काँग्रेस र एकवटा माओवादी केन्द्रले जितेको छ।

एमालेले वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० जितेको छ । त्यस्तै, काँग्रेसले वडा नं १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ।

धरानमा मतगणना सकिएसँगै सुनसरीमा सबै स्थानीयतहको मतगणना सकिएको छ। सुनसरी जिल्लामा रहेका सबै १२ वटा स्थानीयतहको मतगणना सकिएको मुख्य निर्वाचन कार्यालय सुनसरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell